अरुण तेस्रो आयोजना पीडितको आन्दोलनले दिलायो मुआब्जा



संखुवासभा । संखुवासभाको अरुण तेस्रो जलविद्युत आयोजना स्थलका स्थानीयवासिन्दाले मुआब्जा पाउने भएका छन् । मुआब्जाका लागि पटक–पटक संघर्ष गर्दै आएका स्थानी वासिन्दाको लामो दबाब र आन्दोलनपछि सरकारले मुआब्जा दिने निर्णय गरेको हो ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीयवासीन्दालाई मुआब्जा दिन निर्देशन दिएको हो । जिल्लाको छ्याङ्कुटीदेखि पुखुवा पावर हाउससम्मको सडक खण्डको मुआब्जाको माग गर्दै स्थानीबासीन्दा लामो समय देखी आन्दोलनरत थिए । अरुण तेस्रो प्रवेश मार्ग मुआब्जा पीडित संघर्ष समितिका सल्लाहकार सुजन खालिङले सरकारको निर्णयले सबै पीडितलाई राहत मिलेको बताउनुभयो ।

अरुण तेस्रो प्रवेश मार्ग मुआब्जा पीडित संघर्ष समितिका संयोजक जनीकुमार राईले सैद्धान्तिक निर्णय भएको र अब व्यवहारिक रुपमा कार्यान्वयन हुनु पर्नेमा जोड दिनुभयो । हामीले उठाएका माग संवोधन भएका छन् । आजै जिल्ला प्रशासन कार्यालय संखुवासभामा प्रमुख जिल्ला अधिकारीसंगको छलफल पछि आन्दोलनका कार्यक्रम स्थगित गरीने उहाँको भनाई थियो ।

छ्याङकुटी–दिदीङसडक खण्डमा चारसय घरधुरीको ५ सय २४ रोपनी घर जग्गा टहरा लगायतको मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै उनीहरुले आन्दोलन गर्दे आएका थिए । आन्दोलनका कारण अरुण तेस्रो जदविद्युत आयोजनाको काम प्रभावित बनेको थियो ।

सम्बन्धित समाचार