चार नगरपालिकामा संखुवासभा कांग्रेसले टुंग्यो सर्वसम्मत मेयरका उम्मेदवार



संखुवासभाका पाँच नगरपालिका मध्ये चारवटा नगरपालिकामा नेपाली कांग्रेसले सर्वसम्मत नगर प्रमुख पदका उम्मेदवार टुंगो लगाएको छ । आकांक्षीहरु बीचको आपसी सहमतिमा सर्वसम्मत नगर प्रमुख पदका उम्मेदवार कांग्रेसले टुंगो लगाएको हो ।

संखुवासभाको पुनारो सदरमुकाम समेत रहेको एतिहासिक चैनपुर नगरपालिकामा नेपाली कांग्रेसले जिल्ला कार्यसम्पादन समिति सदस्य एवं पार्टीका पूर्व उपसभापति तथा महासमिति सदस्य ज्ञानबहादुर कार्कीलाई प्रमुख पदमा सर्वसम्मत उम्मेदवार बनाएको छ । पाँच जना आकांक्षीहरु बीचको सहमतिबाट कार्की सर्वसम्म उम्मेदवार बनेका हुन । लामो राजनीतिक अनुभव भएका कार्की चैनपुरको भूगोलमा लोकप्रिय छन । वि।सं। २०३० सालदेखि राजनीतिम सक्रिय कार्की तत्कालिन सिद्धकाली गाविसका पूर्व अध्यक्ष समेत हुन । चुनावी मैदानमा कार्की निकै शसक्त देखिएका छन ।

यसै गरी चैनपुर नगरको उप–प्रमुखमा महासमिति सदस्य अन्जना लिंथेप सर्वसम्मत उम्मेदवार बनेकी छन । लिंथेप यस अघि पनि उप–प्रमुख पदमा प्रत्यासी थिइन ।

संखुवासभाको प्रवेश द्वार मानिने धर्मदेवी नगरपालिकामा पार्टीका महासमिति सदस्य थलकुमार लिंखा सर्वसम्मत उम्मेदवार सिफरिस भएका छन । २०३६ सालदेखि नेविसंघको पृष्ठभूमिबाट राजनीतिक यात्र सुरु गरेका लिंखा केन्द्रसम्म पहुँच भएका प्रभावशाली नेता हुन । नेविसंघ सुनसरी जिल्लाको सभापति, नेविसंघको केन्द्रीय हुदै कांग्रेस राजनीतिमा उदाएका लिंखा पटक पटक महाधिवेशन प्रतिनिध, महासमिति सदस्य हुनुका साथै केन्द्रीय विभागमा रहेर काम गरेका नेता हुन । प्रभावशाली नेता लिंखा जिल्लामा पनि उत्तिकै लोकप्रिय छन ।

धर्मदेवीको उपप्रमुख पदको उम्मेदवार सर्वसम्मत बनाउने कांग्रेसको कसरत जारी छ ।

कांग्रेसले पाँचखपन नगरपालिको नगर प्रमुख पदमा महाधिवेशन प्रतिनिधि विपिन राईलाई सर्वसम्मत उम्मेदवार टुंगो लगाएको छ । राई यस अघि पनि निर्वाचित मयर हुन । पार्टीभित्र लोकप्रिय छबी बनाएका राई लोकप्रिय मत ल्याएर १४ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि विजयी भएका थिए । उनी विकासप्रेमी नेताको रुपमा परिचित छन ।

यसै गरी कांग्रेसले महाधिवेशन प्रतिनिधि सीता श्रेष्ठलाई उपप्रमुख पदमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ । श्रेष्ठ यस अघि पनि उप–प्रमुख पदको प्रत्यासी थिइन ।

नेपाली कांग्रेसले मादी नगरपालिमा मेयर पदका लागि पासाङ शेर्पालाई सर्वसम्मत उम्मेदवार बनाएको छ । मादी नगरपालिकको वडा नम्वर ९ का वडाध्यक्ष शेर्पालाई पार्टीले मेयर पदमा अघि सरेको हो । वडाध्यक्ष हुँदा प्रशसनीय कार्य गरेका शेर्पा मादीको भूगोलमा लोकप्रिय छन । युवा नेता शेर्पा पार्टीको प्रदेश महाधिवेशन प्रतिनिध हुन । मादीमा उपप्रमुख पदको उम्मेदवार सर्वसम्मत बनाउने कांग्रेसको कसरत जारी छ ।

पाँच गाउँपालिका र पाँच नगरपालिका रहेको संखुवासभामा कांग्रेसले सदरमुकाम समेत रहेको खाँदवारीबहेकका नगरपालिकामा प्रमुख पदका उम्मेदवार सर्वसम्मत टुंगो लगाएको जनाएको छ । खाँदवारीमाको मेयरमा यस अघि समेत प्रत्यासी रहेका पार्टीका प्रभावशाली नेता महेश थपलिय र निवर्तमान पार्टी सभापति दिपन कुमार श्रेष्ठले तिब्र आकांक्षा प्रकट गरेका छन । खाँदवारीमा पनि सहमतिमै उम्मेदवार टुंग्याउने कांग्रेसको कसरत जारी छ ।

सम्बन्धित समाचार

Contact Us