एमालेबाट सिलिचोङ अध्यक्षका उमेदवार राईको थप उपचारका लागि काठ्माण्डौ लगिने



खाँदबारी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिलिचोङ गाउँपालिका अध्यक्षको उमेदवार खड्ग नन्द राईको थप उपचारको लागि काठ्माण्डौ लगिने भएको छ । सिलिचोङ ४ मांतेवामा मोटर साईकल दुर्घटनामा परि घाईते भएका राईको ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिदै आएको थियो ।

बैशाख ११ साँझ माटरसाईकल दुर्घटनामा परेका राईको हात, आँखा र टाउकोमा चोट लागेको छ । बाहिरी गम्भिर चोट नदेखिएपनि टाउकोमा असर पुगेको आसङ्का पछि राईलाई प्राथमिक स्वास्थ्य केन्द्रले बाहिर पठाएको हो । ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रले राईलाई मंगलबार रेफर गरेको हो ।

ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना डाक्टर सहितको टोलीले उपचार गर्दै आएका थिए । उनकाे टाउकाेकाे सिटि स्क्यान गर्नु परेकाेले बाहिर पठाउनु परेकाे डा. सम्झना याेञ्जनले जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार