संखुवासभामा गर्भवतीकाे हेलीकप्टरबाट उद्धार



संखुवासभा । प्रसूति व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक गर्भवती महिलाको हेलिकोप्टरबाट निःशुल्क उद्धार गरिएको छ।

खाँदबारी नगरपालिका–६, २८ वर्षीया कमला मगरलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको निःशुल्क हवाइ सेवाबाट उद्धार गरी प्रसुती गृह थापाथली पठाइएको हो ।
उपचार हुन नसकको महिलको बच्चा पाठेघरमा नबसी अन्यन्त्र बसेको हुनाले अत्यधिक आन्तरिक रक्तस्राव भएको कारण हवाई उद्धार गर्नुपरेको संखुवासभा अस्पतालको प्रशासन प्रमुख दिपेश श्रेष्ठले जनाएका छन् ।

प्रसूति व्यथाले पीडित उनको खाँदबारी अस्पतालमा उपचार हुन नसकेकाले थप उपचारका लागि प्रसूति गृह थापाथली, काठमाडौँ पठाइएको श्रेष्ठले जनाएको ।दिए ।

सम्बन्धित समाचार