संखुवासभाको किमाथांकामा धाँधली भएको भन्दै एमालेको पुन निर्वाचनको माग



संखुवासभा । सत्तारुट गठबन्धन र कर्मचारीहरुको मिलेमतोमा धाँधली भएको भन्दै नेकपा एमालेले संखुवासभाको किमाथांकामा पुन निर्वाचन गराउन माग गरेको छ ।

शुक्रबार विज्ञप्ती जारी गदै गठबन्धन र कर्मचारीको मिलेमतो रहेको आरोप लगाएको हो । अशक्तहरुको मतदान ईच्छ्याएको संरक्षक ब्यक्तिले दिन पाउने सहमति भएपनि नेपाली कांग्रेसको प्रतिनिधिले मतदान गरिदिएको भन्दै भोटखोला १ किमाथांकामा बिवाद भएको थियो ।

उक्त विषयमा बिवाद भएपछि नेकपा एमालेले भोटखोला १ किमाथांकामा पुनः निर्वाचन गराउन माग राख्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।

किमाथांकाको हिमालय आधारभुत विद्यालयमा मतदान केन्द्र तोकेको थियो ।

सम्बन्धित समाचार