संखुवासभा : विदा भए म्यादी प्रहरी



स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई विदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा विदाई तथा प्रशिक्षक सम्मान कार्यक्रममा म्यादी प्रहरीको विदाइ तथा प्रशिक्षक प्रहरीलाई प्रमाणापत्रसहित सम्मान गरिएको हो । संखुवासभामा स्थानीय तह निर्वाचनका लागि ९ सय १८ म्यादी प्रहरी भर्ना भएका थिए ।

प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाको प्रमुख आथित्य तथा नयाँ भैरवीदल गुल्मका गुल्मपति दिनेश चौलागाई, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत प्रकाश शाह लगायतको उपस्थितिमा म्यादी प्रहरीको विदाई गरिएको छ ।

नेपाल सरकारको सेवा सर्तमा रहि ४० दिन बराबरको सेवा सुविधा उपब्ध गराउने गरी म्यादी भर्ना गरिएको थियो । सेवा सुविधा अन्तर्गत पहिलो किस्ता स्वरुप ४० दिनको रासन भत्ता बराबरको चार हजार दुई सय, भ्रमण भत्ता एक हजार दुई सय र पोसाक भत्ता वापतको ६ हजार रकम बैंक खाता मार्फत भुक्तानी भइ सकेको छ ।

 

सम्बन्धित समाचार