धरानमा एक पुरुषको हत्या



धरान । धरान उपमहानगरपालिका ५ तल्लो देउरालीमा एक पुरुषको हत्या गरिएको छ। बटोमा विभत्स हत्या गरिएको सब प्रहरीले फेला पारेको छ।

शरीरभरि गहिरो चोटपटक लागेर हत्या गरिएको अन्दाजी ३५ वर्षको पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी वुद्ध श्रेष्ठले बताए। उनले हत्या गरिएका पुरुषको पहिचान नखुलेको बताए।

घटना के कसरी घटेको हो भनेर प्रहरी परिचालन गरी अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताए। मृतकको पहिचानका लागि मातहतका प्रहरी कार्यालयमा झबर गरिएको उनले बताए।

सम्बन्धित समाचार