धरान-५ तल्लो देउराली स्थित सेउती बगरमा पुरुषको शव फेला



धरान धरान ५ स्थित सेउती खोलाको बगरमा एक पुरुषको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार बिहान साढे ५ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । धरान ५ तल्लो देउरालीको सुन्दर बस्ती नजिकै सेउती खोलाको बगरमा शव फेला परेको हो । पहिचान नभएका अन्दाजी ३०/३५ वर्षको आर्यन मूलको पुरुषको शव फेला परेको प्रहरीले बताएको छ ।

मृतकको पछाडिको गर्धनको भागमा गहिरो काटिएको चोट र टाउको, शरीरका विभिन्न भागमा घोपिएको जस्तो घाउ चोट देखिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायले बताए । शवको मुचुल्का गरी अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको र शवको पहिचानको लागि प्रहरीले हुलिया समेत सार्वजनिक गरेको छ ।

घटनाको प्रकृति हेर्दा शव भेटिएकै स्थानमा नभई अन्त हत्या गरेर त्यहाँ ल्याएर फ्यालिएको हुन सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार