संखुवासभा कांग्रेसका १० नेता–कार्यकर्ता निस्कासित



संखुवासभा । नेपाली कांग्रेस संखुवासभाले १० नेता–कार्यकर्तालाई निस्कासन गरेको छ।

स्थानीय तह निर्वाचनमा पार्टीको निर्णयविपरीत काम गरेको भन्दै ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको कांग्रेस संखुवासभाका प्रवक्ता दिपेन्द्र बान्तवाले जानकारी दिए।

प्रवक्ता बान्तवाका अनुसार निर्वाचनका क्रममा पार्टीको हितविपरीत गतिविधि गर्ने,असहयोग गर्नेलाई साधारण सदस्य नरहने गरी निस्कासन गरेको हो। स्थानीय तहको निर्वाचनमा अनुशासन उल्लंघन गर्दै पार्टीलाई हानि पुग्ने गतिविधि गरेको आधारमा कारबाही गरिएको प्रवक्ता बान्तवाले जानकारी दिए।

मादीका नगरसभापति यादवचन्द्र खड्का, धर्मदेवी नगरपालिकाका गोविन्द थापा, राजु घिमिरे, डम्मर कुमार पौडेल, पाँचखपनका सन्तोष बस्नेत, पूर्णबहादुर थापा र कुमार राई, मकालु गाउँपालिकाका बालकुमार राई, दिपेश गुरुङ र रिन्जे शेर्पालाई साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको बान्तवाले जानकारी दिए।

सम्बन्धित समाचार