चिचिलामा पहिरोबाट १० परिवार विस्थापित



खाँदबारी । लगातार परेको बर्षपछि चिचिलाको विभिन्न स्थानमा गएको पहिरोबाट १० परिवार विस्थापित भएका छन् । वडा नम्बर १ मा ६ र वडा नम्बर ३ मा ४ परिवार विस्थापित भएका हुन् ।

वडा नम्बर १ को सोभाङ्मामा लाखबहादुर राई र हेमराज राईको परिवार विस्थापित भएका छन् । वडा नम्बर १ कै चनौटेमा डम्बर राई, सवर्ण कुमारी राई, शुभलक्ष्मी राई र किरण राईको परिवार पहिरोले विस्थापित बनाएको हो । त्यस्तै वडा नम्बर ३ मुग्लिगाउँमा बलबहादुर राई (ख), सन्दिप राई, रुद्रबहादुर राई र अरुण राईको परिवारलाई पहिरोले विस्थापित बनाएको हो ।

विस्थापित भएकाहरुलाई नजिकैको आफन्तको घर र सामुदायिक भवनहरुमा राखिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले जानकारी दिनुभयो । पालिकाका अन्य स्थानहरुमा पनि पहिरोको क्षतिको अनुगमन भईरहेको र विस्थापितहरुकाे संख्या थपिने सम्भावना रहेकाे उहाँले बताउनुभयो । क्षतिको सम्पुर्ण बिवरण आईसकेपछि विपद ब्यवस्थापन समितिले निर्णय गरि विस्थापितहरुको पुर्नस्थापना गरिने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार