सङ्खुवासभामा ३ वटा कार्यालयबाट मतदाता नामावली संकलन गर्दै



खाँदबारी । संघीय चुनावलाई लक्षित पार्दै निर्वाचन आयोगले मतदाता नामावली संकल कार्यक्रम सञ्चालन सुरुगरेको छ। सङ्खुवासभाको जिल्ला प्रशासन कार्यालय, इकालका प्रशासन कार्यालय चैनपुर र जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन सुरुभएको जिल्ला निर्वाचन कार्यालयका नायव सुब्बा रामेश्वर निरौलाले जानकारी दिए ।

आउँदो कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्र प्रदेश र संघको निर्वाचन गर्ने आयोगले गरेको निर्णय सँगै असार १ गते देखिबाट नामावली संकलन कार्यक्रम सुरुभएको नायव सुब्बा निरौलाले अरुण सन्देशलाई जानकारी दिए । आगामी निर्वाचनलाई मध्यनजर गरेर माघ २५ गतेदेखि जेठ मसान्तको अवधिमा नागरिकता लिएका र पहिला पनि नागरिकता लिइ मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरुले जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आ–आफ्नो नाम दर्ता गराउन सकिने उनले बताए ।

समयमानै सम्बन्धीत निकायमा गएर फोटो खिचाई नामावलीमा नाम दर्ता गर्न निरौलाले सबैलाई अनुरोध गरेका छन् । जिल्ला निर्वाचन कार्यालयका नायव सुब्बा निरौलाले भने–मातदाता नामावलीमा नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिर्वतन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ ।

आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको व्यक्तिहरुले समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् ।

सम्बन्धित समाचार