खाँदबारी–६ : पहिरोको नगरप्रमुखबाट अनुगमन



संखुवासभा । खाँदबारी–६ को विभिन्न स्थानमा गएको पहिरोले पुराएको क्षतिका विषयमा खँदबारी नगर प्रमुख महेश थपलियाले अनुगमन गरेका छन् । आइतबार राती गएको पहिरोले खिप्रीङमा एक घर पुरेको छ । भने अन्य घरहरुपनि उच्च जोखिममा रहेको छ ।

नगरपालिका प्रमुख थपलिया सहित उपप्रमुख महेश्वरा बज्रचार्य, अन्य जनप्रतिनिधीहरु तथा कर्मचारीहरुले सोमबार अनुगमन गरेका हुन् । पहिरोका कारण कृषि उपज उत्पादनहरु धान, मकै लगायतका उत्पादनहरुमा क्षति पुराएको छ । बस्नै नसकिसने गरि घरहरुमा क्षति पुगेको छ । अति जोखिममा रहेका र विस्थापित भएकाहरुलाई तत्काल राहत उपलब्ध गराउने नगर प्रमुख महेश थपलियाले बताए । उनले विस्थापित परिवारहरुलाई पाल तथा खाद्यन्न व्यवस्थापनको लागि नगरपालिकाबाट काम सुरु भई सकेको र खोल्सीलाई व्यवस्थित गरि पानी कटाउन डोजर परिचालन गरिसकिएको छ बताए ।

सम्बन्धित समाचार