उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत चिचिला क्षेत्रमा सडक अवरोध हटाईदै (भिडियो सहित)



चिचिला । गत आईतबार राती उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गतको विभिन्न ठाउँमा पहिरोले अवरोध गरेको बाटो खुलाउने कार्य सुरु भएको छ । सोमबारबाट चिचिला गाउँपालिका भित्र पर्ने अवरुद्ध सडक खुलाउने काम सुरु भएको छ ।

सोमबार दिउँसो देउरालीदेखि सुम्बाभिर हुँदै छ्याङ्कुटीसम्मको सडक खुलाउने कार्य भईरहेको छ । सोमबार साँझसम्म चिचिला पातलको केहि भागसम्म सडक खुलिसकेको छ । मंगलबार विहानबाट अवरोध हटाउने कार्य पुनः सुचारु हुने गरि काम भईरहेको चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले जानकारी दिनुभयो । मंगलबार दिउँसोसम्ममा छ्याङ्कुटीसम्मको अवरोध हटाएर यातायात सुचारु गर्ने तयारी रहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

पहिरोको कारण विद्युत प्रसारण लाईनमा पुगेको क्षति र अवरोध हटाएर विद्युत प्रसारण सेवा सुचारु भईसकेको छ ।

 

सम्बन्धित समाचार