संखुवासभा जिल्ला भलिबल संघको साधारणसभा सम्पन्न



सोमबार संखुवासभामा जिल्ला भलिबल संघको साधारण सभा सम्पन्न भएको छ । खाँदबारीमा सम्पन्न सभाले १९ सदस्यीय समिति गठन गरेको छ ।

समितिको अध्यक्षमा मेदिनी घिमिरे, उपाध्यक्षमा विष्णु श्रेष्ठ, रबिन कुमार लो, महासचिवमा प्रवेश सिंखडा र कोषाध्यक्षमा तिर्थराज पन्त चयन भएका छन् ।

त्यस्तै ५ सदस्यीय सचिवालय समिति समेत गठन गरिएको छ । त्यसैगरी केन्द्रिय प्रतिनिधिमा प्रवीण श्रेष्ठ, प्रदेश प्रतिनिधिमा प्रसिद्ध श्रेष्ठ र बिनोद राई चयन भएका छन् ।

सम्बन्धित समाचार