खाँदबारीमा सिलाई बुनाई तालिम शुरु



संखुवासभा कपडा तथा सिलाई ब्यवसायी महासंघको आयोजनामा संखुवासभाको खाँदबारीमा ७ दिने शिलाई कटाई पुनरर्ताजगी तालिमको आज उद्घाटन गरिएको छ ।

केशर महतेको सभापतित्वमा भएको उद्घाटन समारोहको प्रमुख आतिथीका रुपमा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया रहनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दे प्रशिक्षक प्रेम कुमार दर्नालले यो सात दिने प्रशिक्षणले आधुनिक ढंगबाट शिलाई बुनाईको काम गर्ने क्षमतामा अभिबृद्धि हुने धारणा राख्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दे शिलाई बुनाई प्रशिक्षण कार्यक्रमका प्रमुख आतिथी खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले यो ब्यवसायको बिकास र ब्यवसायीकरणका लागि खाँदबारी नगरपालिकाले सकेको सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै केशर महतेले यो सात दिनको तालिमलाई अवसरका रुपमा लिएर धेरै कुरा शिक्न सहभागिहरुलाई आग्रह गर्नूभएको थियो ।

जिल्ला भित्रका सिलाई बुनाई पेशामा आवद्ध ब्यवसायीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नगरउपप्रमुख महेश्वरा श्रेष्ठ, संखुवासभा उद्योग बाणिज्य संघका महासचिव सरोज कुमार बज्राचार्य, सल्यान नेपाली, नेपाल पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरी लगायतले मन्यब्य राख्नुभएको थियो ।

उनिहरुले यो पेशालाई आधुनिकिकरण गरिनु आवश्यक भएकोमा जोड दिँदै समय सापेक्ष रुपमा सिलाई ब्यवसायलाई अघि बढाउन सकिए यो क्षेत्रमा रोजगारीको राम्रो अवसर श्रृजना हुनेमा जोड दिएका थिए ।

 

सम्बन्धित समाचार