करुणा फाउण्डेसन र युडव्लुएस नेपालको सहयोगमा सुस्त श्रवण केन्द्रमा शैक्षिक साम्रगी वितरण



संखुवासभाको खाँदबारी नगरपालिका ३ महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङमा रहेको सुस्त श्रवण केन्द्रका विद्यार्थीलाई करुणा फाउण्डेसन र युडव्लुएस नेपालले स्वास्थ्य शिविर तथा शैक्षिक साम्रगी वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच करुणा फाउण्डेसन र युडव्लुएस नेपालको सहयोगमा शैक्षिक सामग्री वितरण गरेको हो ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती प्रमुख सुमन शाक्यले अपाङ्गता भएका ब्यक्तिको संरक्षण गर्ने दाहित्व तीन वटै तहका सरकारको भएको बताए । अपाङ्गता भएका ब्यक्तिको जन्म हुन नदिन सरकार तथा विभिन्न संघ संस्थाले कार्यक्रम गरिरहेको प्रमुख शाक्यले बताए । हिजो अपाङ्गता भएर जन्मिएका ब्यक्तिलाई अव कसरी सँगै लैजान सकिन्छ भन्ने हाम्रो दाहित्व भएको पमुख शाक्यले बताए ।

करुणा फाउण्डेसन नेपालले ७ औ स्थापना दिवसकोे अवसरमा सुस्त श्रवण केन्द्रका विद्यार्थीको निशुल्क स्वास्थ्य परिक्षण गरेको करुणा फाउण्डेसन नेपाल संखुवासभाका जिल्ला संयोजक संम्योग खतिवडाले बताए । करुणा फाउण्डेसनले सुस्त श्रवण केन्द्रका विद्यार्थीलाई स्कुल डे«स,जुत्ता लगायतका सामग्री वितरण गरेको खतिवडाले बताए । करुणा फाउण्डेसनले संखुवासभाका १० वटै स्थानीय तहमा अपांगता रोकथाम तथा पूनस्थापना सञ्चालन गरिहेको करुणा करुणा फाउण्डेसन संखुवासभाका फाइनान्ससिल प्रमुख विक्रम बस्नेतले जानकारी दिए । करुणा फाउण्डेसन नेपाल प्रदेश न. १ सामाजिक बिकास मन्त्रालय,स्थानीय तहे त्रिपक्षीय लागत साझेदारीमा संखुवासभा, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, इलाम जिल्लामा अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम गरिहेको उनले बताए ।

त्यस्तै युनाइटेड वर्ल्ड स्कुल्स नेपालले सुस्त श्रवण केन्द्रका विद्यार्थीलाई कपी कलम,स्कुल ब्याग लगायत शैक्षिक सामग्री वितरण गरेको युडव्लुएस नेपालका शिक्षा संयोजक आशिष अधिकारीले बताए । करुणा फाउण्डेसनको सहकार्यमा सुस्त श्रवण केन्द्रका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको उनले बताए । युनाइटेड वर्ल्ड स्कुल्स नेपालले ग्रामिण क्षेत्रको शैक्षिक गुणस्तर सुधारमा काम गरिरहेको छ ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी निर्माण कार्की, नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीका इन्चार्ज क्षितिज बराल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार