नाबालिकालाई अपहरण गरी भारत पुर्‍याएर जबर्जस्ती करणी गर्ने युवक पक्राउ



काठमाडौं । नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी छन्।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका–५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा अन्सारीलाई फेला पारेको हो।

बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगे बन्धक बनाई जबर्जस्ती करणी गरेको अन्सारीमाथि आरोप छ।

उनलाई जिल्ला अदालत बारामा पेस गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

 

सम्बन्धित समाचार