विराटनगरको रघुपति जुटमिलमा मेसिनले हात काट्दा अप्रेटरको मृत्यु



विराटनगर । विराटनगर महानगरपालिका–१७ स्थित रघुपति जुटमिलको मेसीनले हात काट्दा एक जना अप्रेटरको मृत्यु भएको छ । मृत्यु हुँनेमा विराटनगर–१४ का ४२ बर्षीय राजो कामत छन् ।

गएराती १० बजे जुटमिलको मेसिनमा काम गरिरहका बेला मेसिनले बायाँ कुमबाटै हातको काटेको थियो । हात काटिएर कामत घाइते भएका थिए । उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो । त्यहाँ डाक्टरले उनलाई मृत घोषित गरेका हुन् ।

सम्बन्धित समाचार