भोटखोलामा समयमै निति तथा कार्यक्रम प्रस्तुत



संखुवासभा । जिल्लाको अति दुर्गम गाउँपालिकाको अनुमानित आय व्यय झण्डै २८ करोड पुगेको छ । शुक्रबार सम्पन्न गाउँ सभाबाट २७ करोड ९४ लाख ८० हजार पाँच सय ३० रुपियाँको आय व्यय प्रस्तुत भएको हो ।

गाउँ सभाले आय तर्फ संघीय सरकारबाट प्राप्त हुने बजेट १४ करोड ४७ लाख ९६ हजार, प्रदेश सरकारबाट ८४ लाख ३० हजार पाँच सय ३० रुपियाँ अनुमान गरेको छ । वित्तिय समानिकरण अनुदान र राजश्व बाडफाँड अनुदानबाट उक्त बजेट अनुमान गरिएको हो । यो संगै राजश्व संकलन १० लाख, सञ्चित रकम २ करोड १८ लाख ९४ हजार र शसर्त अनुदान अन्तर्ग १० करोड २४ लाख बजेट रहेको गाउँपालिका अध्यक्ष वाङ छेदर भोटेले जानकारी दिए ।

खर्च तर्फ विषयगत शाख अनुदान खर्च ३ करोड ८६ लाख ९६ हजार ३ सय, स्वास्थ्य विमा, अपाङ्गतासंग सम्बन्धित १२ लाख, वडा र पालिका चालु तथा विविध खर्च ६ करोड ४२ लाख ३९ हजार ५ सय ३०, शसर्त अनुदान खर्च १० करोड ३४ लाख खर्च अनुमान गरिएको छ । त्यस्तै वडा स्तरीय योजना तथा कार्यक्रम १ करोड ९० लाख, पालिका स्तरीय योजना तथा कार्यक्रम ३ करोड ५० लाख ५७ हजार सात सय, विगत आर्थिक बर्षका योजना तथा कार्यक्रम २ करोड १८ लाख ९४ हजार रकम खर्च अनुमान गरिएको अध्यक्ष भोटेले जानकारी दिए । गाउापालिकाले पहिलो पटक गाउँ सभा गरेका हो ।

सम्बन्धित समाचार