खाँदबारी युथ क्लबद्वारा विद्युत प्राधिकरणलाई ध्यानाकर्ष



संखुवासभा । विद्यतु अनियमितताका विषयमा खाँदबारी युथ क्लबले नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रलाई ध्यानकर्ष गराएको छ । शुक्रबार क्लबका पदाधिकारीहरुले वितरण केन्द्र प्रमुख सञ्जीव कर्णलाई ध्यानकर्षण पत्र बुझाएका छन् ।

जिल्लाको सदरमुकाम खाँदबारी र आसपासका क्षेत्रमा केहि सातादेखि विद्युत आउने जाने समस्याका कारण स्थानीय आजित भएका छन् । नियमित विद्यतु नआउने, पटक पटक आउने जाने जस्ता समस्याले विद्युतिय उपकरण विग्रने गरेको क्लबका महासचिव सुरेन शाक्यले बताए । घरमा रहेका कम्प्युटर, राउटर, मोवाइल जस्ता विद्युतीय उपकरणहरुमा ठुलो क्षति भई सकेको उनको भनाई छ ।

विद्युत आपुर्तीमा समस्या आएसंगै व्यवसायीहरुमा समेत समस्या तथा क्षति पुगेको भन्दै उपभोक्ताहरुको प्रतिनिधित्व गर्दै क्लबका अध्यक्ष दिपेन्द्र कार्कीले ध्यानकर्षण पत्र बुझाए । यस्ता समस्या तत्काल समाधान गर्न प्राधिकरणलाई अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार