खाँदबारी बजार अनुगमन



संखुवासभा । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले संखुवासभाको खाँदबारी बजार अनुगमन भएको छ । आइतबार ७ वटा खाद्य पसलहरु, २ बेकरी उद्योग र १ आाप सप्लायर्सको पसल अनुगमन गरेको हो ।

अनुगमनको क्रममा विभिन्न खाद्य पसलबाट म्याद नाघेका, बिग्रेका, ढुसी लागेका, लेबल विवरण नभएका मसलाजन्य पदार्थ, जुस, बिस्कुट, सुजी, पिनट बार, सोनपापडिलगायत करिब ९२ हजार बराबरको खाद्यपदार्थ जफत गरी नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका कार्यालय प्रमुख अनुप हलवाईले बताए ।

उपभोक्ता स्वयंले समेत खाद्य पेय पदार्थ खरिद गर्दा अनिवार्य लेबल हेरी म्याद कायम भएका मात्र खरिद गर्ने, दूषित ढुसि लागेका खाद्यपदार्थ खरिद नगर्ने, खाद्य पदार्थको स्वच्छतामा ध्यान दिएर मात्र उपभोग गर्नुपर्ने उनले बताए ।

 

सम्बन्धित समाचार