मोरङको गछिया खोलाको बाढीमा एकको शव फेला



काठमाडौँ । मोरङको सुन्दर हरैचा नगरपालिका–६ गछिया खोलाको बाढीमा एक जना पुरुषको शव फेला परेको छ ।

गछिया खोलाले मंगलबार बगाएर ल्याएको शव ५८ वर्षीय रामबहादुर विकको रहेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । सोमबार बेलुकादेखि हराइरहेका विकलाई मंगलबार बिहान स्थानीयहरुले बाढीमा मृत फेला पारेका हुन् ।

सोमबार रातिको पानीको कारण झापा, सुनसरी र मोरङका विभिन्न स्थानमा बाढी आउनुका साथै बस्ती तथा घर डुबानमा परेका छन् ।

 

 

सम्बन्धित समाचार