ट्रकको ठक्करबाट एक कर्मचारीको मृत्यु



दमक। झापामा सवारी दुर्घटनामा परेर एक सहकारीका कर्मचारीको ज्यान गएको छ । झापाको दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बजार व्यवस्थापक दिपक नेपालको बुधबार राती सडक दुर्घटनामा परेर ज्यान गएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमल गाँउपालिका वडा नं. ४ चुलाचुली मोेडमा ना ७ ख ८७३५ नम्बरको ट्रकले विपरित दिशामा रहेको प्र. १–०१–०१२ प १४५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाईते हुनु भएका मोटरसाइकल चालक नेपालको दमक अस्पताल उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

सम्बन्धित समाचार