माथिल्लो अरूणमा माफियाको चलखेल भएको आरोप



अपर अरुण परियोजना संञ्चालनमा चलखेल शुरु भएको भन्दै नेपाल पत्रकार महासंघ शाखा संखुवासभा र नेपाल आदिवासि जनजाति महासंघले संयुक्त प्रेस बिज्ञप्ती प्रकासन गरेको छ ।

अपर अरुण परियोजनामा जल माफीयाहरुको चलखेल बढेको भन्दै नेपाल पत्रकार महासंघ र नेपाल आदिबासि जनजाति महासंघ संखुवासभाले प्रेश बिज्ञप्ती प्रकासन गर्दै ध्यानाकर्षण गराएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरी र नेपाल आदिबासि जनजाति महासंघ संखुवासभाका सचिव युवराज याम्फु राई द्धारा हस्ताक्षरित उक्त बिज्ञप्तीमा १०६१ मेगावाट क्षमताको अपर अरुण परियोजना स्थानीय बासिन्दाको हितमा संचालन हुनुपर्ने माग राखिएको छ । परियोजना नेपाल आफैंले उत्पादन गर्नूपर्ने माग राखिएको उक्त बिज्ञप्तीमा नेपालको पानी जनताको लगानीमा संचालन गर्नूपर्नेमा जोड दिईएको छ ।

आदिबासि जनजाति महासंघ र स्थानीय संघसंस्थालाई समेत कुनै जानकारी नदिई नेताहरु नै अहिले परियोजनाका लागि भन्दै  काठमाण्डौमा कुदिरहेका छन् ।

बिज्ञप्तीमा स्थानीय संघसंस्था र सरोकारवाला सबै बिच स्थानीय स्तरमा छलफल नगरि काठमाण्डौमै बिभिन्न अन्तरक्रिया र गोष्ठि गर्दै हिँड्नुले राजनितिक दल र नेतृत्वको गैरजिम्मेवारी पन प्रष्ट देखिएको नेपाल आदिबासी जनजाति महासंघका जिल्ला अध्यक्ष बिपिन तामाङ्गको भनाई छ ।

राष्ट्रलाई दिर्घकालिन असर गर्ने बिषयलाई बिश्लेषण नगरि जिल्लाका ठुला भनाउँदा दलहरुका नेताहरु नै तँछाड मछाड गर्दै कुद्नु दुर्भाग्य भएको नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष ईन्द्र गिरीको भनाई छ ।

गत असार ८ गते बिश्व बैंकको जम्बु टोलि सहित नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा, बिद्युत प्राधिकरणका टोलि , अमेरीकाका लागि पुर्व राजदुत अर्जून कार्की लगायतका ब्यक्तिहरु परियोजना स्थल अवलोकनका नाममा ५ वटा हेलिकप्टरमा परियोजना स्थल पुगेको बिज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित समाचार