मोरङको रङ्गेलीमा स्कुल बसले ठक्कर दिँदा घाइते भएकी नाबालिकाको मृत्यु



मोरङको रङ्गेली नगरपालिका–७ स्थित माउन्ट मकालु बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा घाइते भएकी एक नाबालिकाको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ ।

बोर्डिङको एलकेजीमा अध्ययनरत रङ्गेली–६ की ६ वर्षीया सुनमकुमारी मण्डलको विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो । को १ क ११३० नम्बरको बसले गत मङ्गबार दिउँसो ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । रङ्गेलीमा सम्भव नभएपछि उनलाई थप उपचारका लागि विराटनगर ल्याइको थियो ।

बसको ठक्करबाट नर्सरीमा अध्ययनरत रङ्गेली–७ का ४ वर्षीय रीतिक मण्डलको मङ्गलबार नै मृत्यु भएको थियो । स्कुल छुट्टि भएपछि पैदल नै घरतिर जाँदै गरेका सुनमकुमारी र रीतिकलाई स्कुलको गेटछेउमै बसले ठक्कर दिएको थियो । विद्यार्थी बोकेर स्कुलबाट निस्किएको बसले ब्याक गर्ने क्रममा उनीहरुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको विरोधमा उत्रिएका स्थानीयले टायर बाल्दै प्रदर्शन गरेर स्कुल र स्कुलकै अर्को बसमा तोडफोडसमेत गरेका थिए ।

 

सम्बन्धित समाचार