पुलिस क्लबले जित्यो खुल्ला महिला राष्ट्रिय भलिबल



काठमाण्डौ । विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरको मल्टी प्रजोज कभर्डहलमा भएको फाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।

पुलिसले एपीएफमाथि २५–१६, २७–२५ र २५–१९ को स्कोरमा जित निकालेको हो ।

पुलिस अपराजित रहँदै च्याम्पियन बनेको हो । उपाधिसँगै पुलिसले ५ लाख नगद प्राप्त गरेको छ । उपविजेता एपीएफले २ लाख ५० हजार पाएको छ ।

प्रतियोगितामा आयोजक न्यु डायमन्डसहित एपीएफ क्लब, पुलिस क्लब र परोपकार आदर्श मावि गरी चार टिमको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार