महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने



काठमाण्डौ । महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।

बंगलादेशको ढाकामा आज बसेको दक्षिण एसियाली फुटबल महासंघ ९साफ० को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले महिला साफ आयोजनाका लागि प्रस्ताव पेश गर्नुभएको थियो । त्यही प्रस्तावलाई समितिले अनुमोदन गरेको हो । साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ ।

नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

सम्बन्धित समाचार