एनआइसी एसिया बैंकमा चोरी



महेन्द्रनगर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा रहेको एनआइसी एसिया बैंकमा शनिबार राति चोरी भएको छ । बैंकको पछाडि रहेको झ्याल फोडेर चोरी गरिएको शाखा प्रमुख रोशन रायले बताउनुभएको छ ।

बैंक म्यानेजर रायका अनुसार आज विहान बैंकको ब्रान्डाको बत्ती नबलेको देखेर सुरक्षा गार्डले आइतबार विहान थाहा पाएपछि आफूलाई जानकारी गराएको उहाँले जानकारी दिनुभयो ।

‘चोरी घटनाबारे इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जानकारी गराएको छ । बैंकभित्र रहेको जिन्सी सामानहरु चोरी भएको र बैंकको भित्र लकर तोड्न प्रयास गरिएको छ ।’ शाखा प्रमुख रायले जानकारी दिनुभयो ।

बैंकमा चोरी भएको घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ ।

 

 

 

सम्बन्धित समाचार