खाँदबारीलाई हरित नगर बनाउन विरुवा वितरण



संखुवासभाको खाँदबारी नगरपालिकाले हरित नगर बनाउन विरुवा वितरण गरेको छ । खाँदबारी नगरलाई हरित नगर बनाउने उद्देश्यले बिहीबार खाँदबारी ३– मानेभञ्याङमा विरुवा वितरण गरिएको छ । खाँदबारी,मानेभञ्याङ र तुम्लिङटार बजार क्षेत्रलाई क्लिन सिटी, ग्रिन सिटी बनाउने लक्ष्य र हरित नगर बनाउने धुपी,कल्की लगायत फुलका विरुवा वितरण गरिएको नगरप्रमुख थपलियाले बताउनुभयो ।

बजार क्षेत्रको सौर्दयता बढाउन विरुवा र फुल वितरण शुरु गरिएको नगरप्रमुख थपलियाले बताउनुभयो । एक घर एक विरुवा र घर घरमा फुलका फुल रोपेर हरित शहर निर्माण कार्यमा सबै नगरबासीको सहयोग आवश्यक भएको उहाँको भनाइ छ । विरुवा र फुल रोप्न नगरले गमला समेत उपलब्ध गराउने नगर प्रमुख थपलियाले बताउनुभयो ।

बिहीबार मानेभञ्याङका विभिन्न टोल टोलमा पुगेर नगर प्रमुख थपलिया,उपप्रमुख डेगेश्वरी श्रेष्ठ,वडाध्यक्ष भरत कुमार घिमिरेले विरुवा वितरण गर्नु भएको थियो । खाँदबारी नगरपालिकाले वितरण गरेका विरुवा वृक्षारोपण गरी सदुपयोग गर्न वडाध्यक्ष घिमिरेले आग्रह गर्नुभयो । नगर क्षेत्रका बजारमा धुपी १ हजार ६० र कक्की ५ सय ५० विरुवा वितरण गरेको खाँदबारी नगरपालिकाले जनाएको छ ।

 

 

सम्बन्धित समाचार