मेयरका लागि किनिएको ‘स्कोरपिओ’ बेचेर धरानले ‘रोड रोलर’ किन्ने



धरान उपमहानगरपालिकाले मेयरका लागि खरिद गरेको गाडि बेचेर रोड रोलर खरिद गर्ने भएको छ ।

उपमहानगर प्रमुख हर्क साम्पाङले आफ्नो यस निर्णयलाई कार्यपालिका बैठकले पनि अनुमोदन गरेको जनाएका छन् । बिहीबार धरानको कार्यपालिका बैठक बसेको थियो ।

उक्त बैठकले नगरभित्रका सडक टाल्न यो योजना अनुमोदन गरेको जानकारी मेयर साम्पाङले आफ्नो फेसबुक पेजमार्फत् दिएका छन् । उपमहानगरपालिकामा प्रमुखका लागि को १ झ ६४० नम्बरको स्कार्पियो गाडि छ । उक्त गाडीलाई ३० लाख रुपैयाँमा बेच्ने र रोड रोलर किन्ने प्रस्ताव साम्पाङले राखेका थिए ।

‘मेयरलाई भनी किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरीका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो,’ उनले आफ्नो पेजमा लेखेका छन्, ‘आज कार्यपालिका बैठकले ताली बजाएर अनुमोदनसमेत गरिदिएको छ ।’

सम्बन्धित समाचार