हिलेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते



धनकुटा । धनकुटा नगरपालिका–१ हिले बिच बजारस्थित कोशी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री घाइते भएका छन् । मोटरसाइकको ठक्करबाट धनकुटा–१ का ६५ बर्षीय तिलक कार्की घाइते भएका हुन् ।

सडक पार गर्ने क्रममा कार्कीलाई पाख्रीबासबाट धनकुटातर्फ आउँदै गरेको को ७ प ८८२३ नंम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

मोटरसाइकल र चालक भोजपुरको आमचोक गाउँपालिका–३ का २३ बर्षीय प्रनेश राईलाई प्रहरी चौकी हिलेले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार