संखुवसाभा ट्याक्टर दुर्घटना गम्भीर घाइतेलाई ७ जनालाई धरान पठाइयो



शुक्रबार ट्याक्टर दुर्घटनामा परेर गम्भीर घाइते भएका सात जनालाई मनकामना सामुदायिक अस्पताल तुम्लिङटारमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।

चैनपुर–१० की कौशिला अधिकारीको दाहसंस्कार गरी मलामी बोकी फर्किने क्रममा ट्र्याक्टर दुर्घटनामा परेको थियो। अचानक​ लोडपिन भाँचिई ट्र्याक्टर ​सडकको बाँयातर्फ पल्टिएको प्रहरीले जनाएको छ। सवारी चालक चैनपुर–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई अस्थायी प्रहरी चौकी सभाखोलाले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा परि मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

शुक्रबार दिउँसो मलामी बोकेर फर्किँदै गरेको को २ त ३९६१ ट्र्याक्टर खाँदबारी–लेगुवा सडक खण्डको दुम्कटामा दुर्घटनामा परेको थियो।

सम्बन्धित समाचार