तारमुनी पर्ने जग्गाको पनि मुआब्जा पाउनु पर्ने माग



अरुण तेस्रो ४०० केभी प्रसारण लाइन मुआब्ना सरोकार समितिले खाँदबारी नगर प्रमुख महेश थपलियालाई ज्ञापन पत्र बुझाएको छ ।

तारमुनिको पनि उचित मुआब्जा पाउनु पर्ने भन्दै अन्य सरोकारवालासंगै नगर प्रमुख महेश थपलियालाई पनि ज्ञापन पत्र बुझाएको हो । सरोकार समितिका अध्यक्ष किशोर गुरुङसहितले शनिबार विहान एक कार्यक्रमबीच नगरपालिकामा ज्ञापन पत्र बुझाएको हो ।

नगरप्रमुख थपलियाले ज्ञापन पत्र बुझ्दै यो उठाएको मुद्दामा नगरपालिका पनि सहभागी भएको बताउनुभएको छ । अरुण तेस्रो लगायत निर्माणाधिन ठुला विद्युत योजनाहरुबाट उत्पादित विद्युत लैजाँदा नगर क्षेत्र छोए पनि उचित क्षतिपुर्तीका विषयमा ध्यान नदिएको बताउनुभयो । विद्युतका कारण क्षति पुगेको क्षेत्रमा क्षतिपुर्तीसंर्गै उचित मुआब्जा दिनुपर्ने वहाँको तर्क छ ।

नगरपालिकासंगै अन्य सरोकारवाला निकायहरुमा ज्ञापन पत्र बुझाएको हो ।

सम्बन्धित समाचार