मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु



झापा । जिल्लाको अर्जुनधारा नगरपालिका(६ कप्तानबारी चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा पाँचथर जिल्लाको फिदिम नगरपालिका(५ का अन्दाजी २५ वर्षीय कुमार खनाल रहेका छन्।

आज बिहान ६ बजे विर्तामोड शनिश्चरे सडकखण्ड अन्तर्गत कप्तानबारी चोकमा खनालले चलाएको बा ४२ प १२८ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडकबाट करिब ७ फिट तल खसेको थियो।

घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनी झापाले जनाएको छ।

 

 

सम्बन्धित समाचार