खोटाङको जंगलमा बेवारिसे अवस्थामा वृद्धको शव फेला



खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ शंखुमा बेवारिसे अवस्थामा वृद्धको शव फेला परेको छ । बाम्राङको शंखुस्थित जंगलमा शनिबार दिउँसो वृद्धको शव फेला परेको हो ।

नाम, थर र वतन नखुलेको करिव ६५र७० वर्षको देखिने मंगोलियन फेसको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रहरीका अनुसमर शव सड्न लागिसकेको छ । शवलाई जिल्ला अस्पतालको शव गृहमा लगेर राखिएको छ ।

रातो र कालो रंगको ज्याकेट, पहेँलो र फुस्रो रंगको जम्फर, कालो पेन्ट लगाएको, कम्मरमा कपडाको डोरीले पेन्ट बाँधेको वृद्धको गहुँगोरो अनुहारमा हल्का कपाल, दाह्रीजुँगा फुलेको देखिएको छ । उनको उचाइ करिव ५ फिट ५ इन्च रहेको प्रहरीको अनुमान छ ।

सम्बन्धित समाचार