धनकुटाको सिम्सुवामा टेम्पु दुर्घटना हुँदा दुई जना घाइते



धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित सिम्सुवामा आज बिहान टेम्पु दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् । सिम्सुवाबाट मुलघाटतर्फ आउदै गरेको को २ ह ३९३७ नम्बरको टेम्पु बिहान करिब ६ बजे सडकमा पल्टिएको हो ।

दुर्घटनामा परी टेम्पु चालक साँगुरीगढी–७ का ५० बर्षीय राजेश राई र टेम्पुमा सवार धनकुटा नगरपालिका–६ का २२ बर्षीय रोहन खड्गी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घाइते चालक राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र खड्गीलाई धनकुटा जिल्ला अस्पताल पठाइएको छ ।

सम्बन्धित समाचार