घरभित्र किरा परेको अवस्थामा पुरुषको शव भेटियो



विराटनगर । विराटनगरमा रहेको एउटा घर भित्र किरा परेको अवस्थामा पुरुषको शव भेटिएको छ ।

विराटनगर महानगरपालिका(१३स्थित हिमालय आँखा अस्पतालको उत्तरतर्फ रहेको एउटा घरभित्र किरा परेको अवस्थामा मंगलबार पुरुषको शव भेटिएको मोरङ प्रहरीका डिएसपी राजन कार्कीले बताए ।

डिएसपी कार्कीका अनुसार मृतकको पहिचान नखुलेको प्रहरीले बताएको छ ।

सडक निर्माण गर्ने कामदार बस्नका लागि ट्रष्ट लगाएर बनाइएको घरभित्र अन्दाजी ४५(५० वर्षीय पुरुषको शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

उनका अनुसार सडेर दुर्गन्धित भएको अवस्थामा शव फेला परेको हो ।

 

सम्बन्धित समाचार