चिचिला गाउँपालिकाले गर्याे सार्वजनिक सुनुवाई



खाँदबारी । चिचिला गाउँपालिकाले आर्थिक वर्ष २०७८।७९ काे याेजना तथा कार्यक्रम कार्यन्वयनकाे विषयमा सार्वजनिक सुनुवाई कार्यक्रमकाे आयाेजना गरेकाे छ । पालिका भित्रका आम नागरिकहरुकाे चासाे तथा गुनासाेहरुकाे सुनुवाई गरि सुझाव समेत सङ्कलन गर्न मंगलबार कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

चिचिला बजार स्थित पञ्चकन्या आधारभुत विद्यालयकाे प्राङ्गणमा आयाेजित कार्यक्रममा सय भन्दा बढि नागरिकहरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले आर्थिक बर्ष २०७८।७९ मा कार्यन्वयन भएका याेजना तथा कार्यक्रमहरुकाे प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका सहभागिहरुले शुसासन, पारदर्शिता, विकासे कामहरुकाे गुणस्तर लगायतका विषयमा चासाे तथा गुनासाेहरु राखेका थिए । नागरिकहरुकाे चासाे तथा गुनासाेकाे विषयमा जनप्रतिनिधी तथा कर्मचारीहरुले सुनुवाई गरि जवाफ दिएका छन् ।

गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाकाे अध्यक्षतामा आयाेजित सार्वजनिक सुनुवाई कार्यक्रममा नेकपा माओवादी केन्द्रकाे तर्फबाट डम्बर जंग गुरुङ र नेकपा एमालेबाट जयबहादुर गुरुङकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रम पत्रकार ध्यान कुलुङले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार