साफ २० वर्षमुनिको पुरुष च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा



काठमाण्डौ । नेपालले साफ २० वर्षमुनिको पुरुष च्याम्पियनशिप फुटबलका लागि टोली घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट साफ खेल्ने टोलीको घोषणा गरिएको हो ।

भारतमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक मेघराज केसीले २३ सदस्यीय टोलीको घोषणा गरेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । च्याम्पियनशिपमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशको सहभागिता रहेको छ ।

च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ । नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग जुलाई २७ मा खेल्नेछ । त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेलमा बङ्गलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा खेल्नेछन् ।

सम्बन्धित समाचार