आगालागीबाट सङ्खुवासभामा एक घर जल्यो



सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, ढुंगेधारामा एक घरमा आगालागी भएको छ । मंगलबार दिउँसो मोहनकुमार दलार्मी मगरको घरमा विद्युत सर्ट भएर आगालागी भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

दिउँसो १२ बजे तिर विद्युत् सर्ट भएर फुसको छानोमा आगो सल्किएपछि खाँदबारी नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयले तत्काल आगो नियन्त्रण लिएका छन् ।

आगालागीबाट घरको फुसको छानो नष्ट भए पनि आगो नियन्त्रणमा आएका कारण खाद्यान्न, लत्ताकपडा लगायतका सामाग्री भने सुरक्षित रहेका छन् । आगो निभाउने क्रममा प्रयोग भएको पानीका कारण घर भित्रका सामाग्रीहरु भिजेर सामान्य क्षती भएको प्रहरीले जनाएको छ । आगालागीबाट करिब एक लाख भन्दा बढीको क्षती भएको डिएसपी सुवेदीले बताए ।

 

सम्बन्धित समाचार