साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली आज भारत जाँदै



काठमाडौं । पुरुष साफ च्याम्पियनसिपका लागि १९ वर्षमुनिको नेपाली फुटबल टोली आज भारत जाँदै छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज बिहान टोलीलाई बिदाइ गरेको छ। टोली दिउँसो ३ बजे भारत प्रस्थान गर्ने एन्फा महासचिव किरण राईले जानकारी दिए।

च्याम्पियनसिपका लागि २३ सदस्य नेपाली टोली घोषणा गरिसकिएको छ। प्रतियोगितामा नेपालको कप्तानी अनुभवी मिडफिल्डर आयुष घलानले गर्नेछन्।च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ। च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले जुलाई २५ मा माल्दिभ्सको सामना गर्नेछ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्ने तालिका छ। त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ। शीर्ष दुई टोली उपाधिका लागि अगस्ट ५ मा भिड्नेछन्।

सम्बन्धित समाचार