खोलाले बगाउँदा एकको मृत्यु



उदयपुर : उदयपुरमा खोलाले बगाएर एकजनाको ज्यान गएको छ । सोमबार बेलुका रौतामाई गाउँपालिका -७ स्थित त्रियुगा खोलाले बगाउँदा ५० वर्षीय सिद्धिराज चापागाई खत्रीको ज्यान गएको हो ।

बेलुका सात बजे मुर्कुचीबजारबाट तिलबारी घरतर्फ जानेक्रममा खोलाले बगाउँदा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाले बताए ।

उनको शव दुई किलोमिटर तल त्रियुगा नगरपालिका- ७ कौवाइमा फेला परेको उनले बताए ।

मृतकको शव मंगलबार पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको उनले बताए ।

सम्बन्धित समाचार