२० तोला सुनसहित विराटनगर विमानस्थलबाट एकजना पक्राउ



विराटनगर । विराटनगर विमानस्थलबाट सुनका गहनासहित मंगलबार एकजना पक्राउ परेका छन् ।यति एयरलाइन्सको जहाजबाट काठमाडौं जान लागेका सुनसरी इटहरीका अन्दाजी ४५–५० वर्षीय कूलबहादुर सुनुवारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शंकास्पद तरिकाले लैजान लागेको २० तोला सुनका गहनासहित पक्राउ परेर सुनुवारलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

सुनुवारले भने बैंकबाट तीन किलो सुन किनेको र केहीको गहना बनाएर काठमाडौं लैजान लागेको प्रहरीलाई बताएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले सुनुवारसँग सुनसँग सम्बन्धित बिल मगाइएको बताए ।

‘बिल पेश गरेपछि सुन वैधानिक हो कि हैन भन्ने यकिन हुन्छ,ु उनले भने, ‘त्यसपछि कारबाही अघि बढाउने कि छाड्ने भन्ने बारेमा आवश्यक निर्णय लिइने छ ।’

सम्बन्धित समाचार