फेसबुकमा बालेन र सम्पाङबीच घोचपेच



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच फेसबुकमा घोचपेच भएको छ । धरानका मेयर सम्पाङले सामाजिक सञ्जालमा काठमाडौंलाई लक्षित गर्दै स्टाटस लेखेपछि काठमाडौंका मेयर शाहले जवाफ फर्काएका हुन् ।

सम्पाङले बुधबार साँझ फेसबुकमा लेखेका छन्, ‘जस्ले जे भनोस् तर म काठ्माण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कम्से कम काम त शुरु गरे ! उनको स्टाटसमा बालेनले प्रतिक्रिया दिँदै लेखेका छन्, ‘हो नि ‘तपाईँकै लौरो चुनाव चिह्न लिएर त मैले चुनाव पनि त जितेको हो नि !’

केहीदिन अघि काठमाडौं आएका मेयर सम्पाङले सडकमा थुप्रिएको फोहोर देखेर श्रमदमन गर्न मन लाग्यो भन्ने । उनी यतिबेला धरान फर्किसकेका छन् ।

सम्बन्धित समाचार