खाँदबारी नगरपालिकाद्वारा १०० दिनकाे उपलब्धि सार्वजनिक



खाँदबारी । खाँदबारी नगरपालिकाले १०० दिनकाे उपलब्धि सार्वजनिक गरेकाे छ । आईतबार नगरपालिककाकाे सभाहलमा एक कार्यक्रमकाे आयाेजना गरि नयाँ जनप्रतिनीधिहरुकाे आगमन पश्चातकाे ४८ उपलब्धिहरु सार्वजनिक गरेकाे हाे ।

नगर प्रमुख महेश थपलियाले १०० दिनकाे उपलब्धिहरु सार्वजनिक गर्दै सुरुवातिदेखि नै जनमुखी र दिगाे विकासलाई लक्षित गरि काम सुरु गरिएकाे बताएका छन् । साना भन्दा साना ब्यवसायीहरुकाे हितका लागि हाटकर मिनाहादेखि भाैतिक पुर्वाधारमा गरिएकाे लगानीहरुलाई नगरपालिकाले सय दिनकाे उपलब्धिकाे रुपमा राखेकाे नगर प्रमुख थपलियाले जानकारी दिए । नगर प्रमुख थपलियाले प्रस्तुत गरेकाे उपलब्धि बिवरण यहाँ हेराैं ।

सम्बन्धित समाचार