महाकुलुङ गाउँपालिकाद्वारा १७ जना कर्मचारी माग (विज्ञापन सहित)



खाँदबारी । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले एकै पटक १७ जना कर्मचारीको माग गरेको छ । गाउँपालिकाले विहिबार विज्ञापन प्रकाशित गरि ठुलो संख्यामा कर्मचारी माग गरेको हो ।

प्राविधिक शाखा, कृषी तथा पशु शाखा, स्वास्थ्य शाखा, कार्यालय सहयोगी र हलुका सवारी चालकको माग गरेको हो । गाउँपालिकामा केहि रिक्त रहेको पदमा तथा केहि थप जनशक्ति आवश्यक परेकोले नयाँ विज्ञापन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा कार्यरत केहि कर्मचारीहरु सरुवा भई रिक्त रहेको पदमा पदपूर्ती गर्न लागिएको गाउँपालिकाका प्रशासन अधिकृत खरिधन कुलुङले जानकारी दिनुभयो । केहि कर्मचारीहरु विभिन्न कार्यक्रमका लागि माथिल्लो निकायबाट कोटा प्राप्त भईआएकोले पदपूर्ती गर्न लागिएको कुलुङले जानकारी दिनुभयो ।

दरखास्त दिन ईच्छुक तथा योग्यता पुगेका उमेदवारहरुले असोज १३ गते भित्र आवश्यक प्रकृया पुरा गरि आवेदन दिईसक्नु पर्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार