कार्तिक २२ गते चिचिला गाउँपालिकामा स्थानीय विदा



खाँदबारी । चिचिला गाउँपालिकाले कार्तिक २२ गते मंगलबार पालिका भरिका लागि स्थानीय विदा दिएको छ ।

पालिकाको वडा नम्बर ४ मा लगाईने मत्स्यपूर्णीमाको दिन स्थानीय विदा दिईएको हो ।

उक्त दिन पालिका भित्रका सरकारी कार्यालयहरु, गैह्र सरकारी कार्यालयहरु, शैक्षिक संस्था, वित्तिय संस्था लगायतका सवै कार्यालयहरु बन्द हुने गाउँपालिकाले जनाएको छ । मत्स्यपूर्णीमाको दिन चिचिला गाउँपालिका स्थीत मत्स्यपोखरी परिसरमा मेला लगाईदै आएको छ ।

सम्बन्धित समाचार