यू–१५ महिला साफ च्याम्पियनसिप : आज नेपालले भुटानसँग खेल्ने



काठमाडौं । बंगलादेशमा जारी १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ। खेल ढाकास्थित मुस्ताफा कमल स्टेडियममा दिउँसो सवा ४ बजे सुरु हुनेछ।

नेपाल आज लगातार तेस्रो जितको खोजीमा छ। पहिलो खेलमा नेपालले भुटानलाई ७–० गोलले हराएको थियो भने दोस्रो खेलमा आयोजक बंगलादेशमाथि १–० को जित दर्ता गरेको थियो।

हालसम्म जितविहीन भुटान पहिलो जितको खोजीमा हुनेछ। ‘राउण्ड रोबिन लिग’का आधारमा भइरहेको खेलमा नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्ने तालिका छ।

तीन टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा पुग्ने टोलीले उपाधि जित्नेछ।

 

सम्बन्धित समाचार