सिलिचोङका विपन्न दुई परिवारलाई मिङ्मा शेर्पाको सहयोग



संखुवासभा । नेपाली कांग्रेस संखुवासभाका महासमिति सदस्य तथा पर्यटन व्यवसायी मिङ्मा शेर्पाले विपन्न दुई परिवारलाई सहयोग गरेका छन् । उनले सिलिचोङ गाउँपालिका वडा नं. ४ मांतेवाका दुई परिवारलाई सहयोग गरेका हुन् ।

हिमाल आरोहण गरेर विश्व किर्तमान कायम गरि सकेका शेर्पाले १ लाख ४१ हजार ९ सय बरारबरको जस्तापाता सहयोग गरेका हुन् । मांतेवा स्थित बेन्छोङ गाउँका निर बहादुर राई (लोक्ठे) र दिलमाया राई (रामजीत आमा) लाई १० बोल्डल जस्तापाता, मगरा, काँटी लगायतको सामाग्री खरिद गरिदिएका हुन् ।

विपन्न अवस्थाहरुका उनीहरुको खरको घर चुहिएर बस्नै नसक्ने अवस्था रहेको देखेपछि उनले सहयोग गरेका हुन् । शेर्पाले जिल्लामा परेको विभिन्न विपतहरु लगायत अन्य विभिन्न प्रकारका सहयोग गरिरहेका छन् । विगतबाट नै विरामी परेर उपचार गर्न नपाएका विरामीहरुको उद्दार तथा उपचार, विपनमा खाद्यन्न तथा उद्दारमा सहयोग गर्दै आएका छन् ।

सम्बन्धित समाचार