हेलिकप्टरबाट काठ्माण्डाै लगेर बिरामीकाे उपचार गर्दै मिङ्मा शेर्पा



खाँदबारी । विश्व चर्चित पर्यटन ब्यावसायी मिङ्मा शेर्पाले लडेर घाईते भएकी सिलिचाेङ गाउँपालिका ४ मांतेवाकी काैशिला राईकाे उपचार गरिदिने भएका छन् । खाँदबारी अस्पतालबाट रिफर भएका तर उपचार खर्च नभएका राईकाे निजि खर्चमा हेलिकप्टरबाट काठ्माण्डाै लगि उपचार गर्न सुरु गरिएकाे हाे ।

राईकाे ह्याम्स अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएकाे हाे । घाँस काट्ने क्रममा लडेर घाईते भएका राईकाे ४ ठाउँमा खुट्टा भाँचिएकाे छ । काटिएकाे ठाउँमा अन्यत्रका मासु काटेर टाल्नु पर्ने भएपछि खाँदबारी अस्पतालले रेफर गरेका हुन् । राईकाे विहिबार विहान ८ बजे शल्यकृया गरिने मिङ्मा शेर्पाले जानकारी दिएका छन् ।

हेलिकप्टर चार्टर र उपचार खर्च शेर्पा आफैले ब्यहाेर्ने शेर्पाले बताउनुभयाे । हेलिकप्टर चार्ज र उपचारकाे लागि करिव ५ लाख रुपैयाँ खर्चिने शेर्पाले बताउनुभयाे ।

यसै विच, शेर्पाले सिलिचाेङ गाउँपालिकाकाे ३ विपन्न परिवारकाे घरमा जस्ताकाे छाना लगाईदिने भएका छन् । शेर्पाले मांतेवाकाे २ र ताम्कुकाे १ गरि ३ विपन्न परिवारकाे छाना लगाईदिने हुनुभएकाे छ । स्थानीय युवाहरुकाे अनुराेधमा शेर्पाले डेढ लाख भन्दा बढि रकम बराबरकाे सहयाेग प्रतिवद्धता जनाउनुभएकाे छ ।

सम्बन्धित समाचार